अर्थमन्त्री विवादमा तानिएपछि मन्त्रालयबाट भागे दुई सचिव

अर्थमन्त्री विवादमा तानिएपछि मन्त्रालयबाट भागे दुई सचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय अर्थमन्त्री जनार्दशन शर्मा विवादमा तानिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागि गराएर करको दायरा परिवर्तन गराएका मन्त्री शर्माको चौतर्फी आलोचना भइरहेको छ ।

साथै उनको राजीनामा माग गरिएको छ । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत राजीनामा दिन सुझाव दिएका छन् । गत असार १४ गते राति अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दायरा परिवर्तन गरेको समाचार ३० जेठमा सार्वजनिक भएको थियो ।

त्यसयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विभिन्न राजनीतिक दलहरुले उनको राजीनामा माग गर्दै आइरहेका छन् । त्यतिमात्रै होइन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले उक्त रातिको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने संसद्मै माग राखे । तर, अर्थमन्त्रीले त्यसलाई टार्दै आएका छन ।

मन्त्रालयले सिसिटिभीका फुटेजहरू १३ दिनसम्म मात्रै सुरक्षित रहने र त्यसपछि स्वतः डिलिट हुने जवाफ दिएको छ । तर, यस्तो जवाफले अर्थमन्त्रीलाई विवादबाट छुटकारा दिलाउनभन्दा पनि थप संकटमा पारेको छ । अर्थमन्त्री थप विवादित बनिरहेका बेला अर्थसचिव र राजस्वसचिव दुबैजना बिदामा बसेका छन् ।

अर्थमन्त्रीका विवादित निर्णयमा सही छाप गरेका अर्थसचिव मधुकुमार मरासिनी शर्माको राजीनामा नआएसम्म मन्त्रालय नफर्किने भन्दै अनिश्चितकालका लागि विदा बसेका हुन् । यता राजस्वसचिव कृष्णहरी पुस्कर पनि १५ दिनका लागि विदामा बसेका छन् । उनको विदा स्वीकृत समेत भइसकेको छ ।

अर्थ मन्त्रालयमा भएको सिसिटिभी फुटेज काण्डमा अर्थमन्त्री जति दोषी छन, त्यहाँका कर्मचारी सन्यन्त्र पनि त्यतिनै दोषी देखिन्छन् । तर कर्मचारी भने अर्थमन्त्रीको राजीनामा नआएसम्म मन्त्रालय नआउने भन्दै विदामा बसेका हुन् ।