काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले लोकसेवाको भर्ना स्थगित गर्न माग गरेका छन् ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै तत्काल स्थगित गर्न माग गरेका हुन् ।
उनले भर्ना तत्काल स्थगीत गर्न समितिले निर्देशन दिनुपर्ने माग समेत गरे । ‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर, विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन’ शर्माले भने ।
नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए । संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने बताएका हुन्




प्रतिक्रिया