अर्थमन्त्री विवाद प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

अर्थमन्त्री विवाद प्रकरण : माओवादीले एमालेसँग छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले अर्थमन्त्री प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका प्रश्नबारे एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

छलफलमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री प्रकरण बढ्दै गएकाले एमालेसँग परामर्श गरेर अगाडी बढ्ने बताएको केन्द्रीय सदस्य हरिबोल गजुरेलदे जानकारी दिए ।

अनधिकृत व्यक्तिलाई सहभागी गराएर अर्थमन्त्री शर्माले करको दायरा परिवर्तन गरेको समाचार सार्वजनिक भएदेखि एमालेले उनको राजीनामा माग गरिरहेको छ ।