कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख तलब दिऔंः जनार्दन शर्मा

कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख तलब दिऔंः जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने माग गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन् ।

शर्माले आफु कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएको र त्यहाँ कर्मचारी नबस्ने भएकाले उनीहरूलाई टिकाउन एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिनुपर्ने बताए ।