एआईजीलाई प्रदेश प्रमुख बनाऔं : जनार्दन शर्मा


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी प्रमुख बाहेक अन्य प्रहरी पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिनुपर्ने माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले मुलुक संघीयतामा गएकाले प्रदेश प्रमुख बाहेकका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्ने बताए ।

उनले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी व्यवस्था गर्नुपर्ने र त्यसरी नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने बताए ।

समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement