काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले घर जलाइएका भूमीहिन चेपाङलाई तत्काल घर बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।
नेता शर्माले सोमबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायका परिवारलाई १० दिनमै घर बनाइदिन सरकारसँग आग्रह गरेका हुन् ।
नेता शर्माले चितवन माडी–९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर नष्ट गरेको प्रति दोषीलाई कारवाही गर्दै गल्ति सच्याउन सरकारलाई आग्रह गरेका हुन् ।
केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो ।
उनले लेखेका छन्, ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ, दोषीलाई कारवाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।।’




प्रतिक्रिया