विप्लवमाथी सरकारले दमन नभइ सहकार्य गर्न खोजेको हो– पुर्वमन्त्री शर्मा


अर्घाखाँची – नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री जनार्दन शर्माले नेतृविक्रम चन्द विप्लव नेतृत्वका नेकपामाथी सरकारले दमन गरेको कुरा गलत भएको बताएका छन् । बिहीबार अर्घाखाँचीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवसँग आफूहरुले दमन गर्न नभई सहकार्य गर्न खोजेका बताएका हुन् ।

‘हामीले कसैमाथि दमन गरेका छैनौँ’, उनले भने, ‘विप्लजीहरुसँग त हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौँ।’ एमाले माओवादी एकताका पहलकर्ता समेत रहेका नेता शर्माले वाम गठबन्धन बनेकै दिनबाट दुवै पार्टी एउटै भएको दावी गरे । ‘केही प्राविधिक काम टुंग्याउन बाँकी छ अरु सबै टुंगिइसक्यो’, उनले भने । मधेसवादी दलहरुलाई सरकारमा ल्याउन माओवादी केन्द्रले पहल गरिरहेको बताउँदै नेता शर्माले आफूहरुले सरकारमा दुईतिहाइ पु¥याउन चाहेको बताए।

प्रतिपक्षमा रहेको कांग्रेसलाई नआत्तिन आग्रह गर्दै उनले सरकार प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्ने बताए। मतभेद र विवादले विकास र समृद्धि नहुने भन्दै नेता शर्माले देशको विकास र समृद्धिका लागि आफूहरु सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement