जनयुद्ध गरेर देशको परिर्वतन गर्ने एउटा कमाण्डर म पनि हुँः जनार्दन शर्मा

जनयुद्ध गरेर देशको परिर्वतन गर्ने एउटा कमाण्डर म पनि हुँः जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले सबै गल्तीहरु नेकपालाई लगाएर आफु पानीमाथिको ओभानो नबन्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

प्रतिनिधी सभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवा विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै शर्माले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् ।

उनले संविधान निर्माणलगायत उपलब्धिको श्रेयमात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जसमात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए । गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो भएर सुख नपाइने भन्दै उनले सबै जस–अपजसको सामूहिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनास गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्ने एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिर्वतनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज बिर्सन मिल्छ ? त्यसकारण गल्तीहरु पनि सामूहिक रुपमा लिउँ । त्यहाँ भएका कमीकमजोरी लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’

सांसद भुसालले २०४८ सालदेखिको मुलुकको आर्थिक अवस्थाको फेहरिस्त प्रस्तुत गर्दै नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तात्कालिन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकी थिइन् । सोही क्रममा उनले तात्कालिन माओवादी द्वन्द्वका कारण युवाहरु विदेशीन बाध्य भएको बताएकी थिइन् ।