काठमाण्डु– जनमत पार्टीबाट विभाजन भएर नयाँ रूपमा गठन गरिएको ‘जनस्वराज पार्टी’ आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगको मंगलबार बसेको बैठकले पार्टीलाई दर्ता गर्ने निर्णय गर्दै आवश्यक सबै प्रक्रियागत कामहरू अगाडि बढाएको हो ।
निर्वाचन आयोगले जानकारी दिँदै भनेको छ ‘जनस्वराज पार्टी’ संक्षिप्तमा (जस्वपा) लाई राजनीतिक दलको रूपमा दल दर्ता किताबमा अभिलेख गरिनेछ। साथै, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको विवरण पनि अभिलेखिकरण गरिनेछ।’
नयाँ पार्टीको झण्डामा निलो, सेतो र रातो रंगका ठाडो धर्का रहनेछन्। छाप गोलाकार हुनेछ, जसको बीच भागमा निर्वाचन चिन्ह र वरिपरि पार्टीको नाम उल्लेख गरिनेछ।
हालसम्म जनस्वराज पार्टीले कुनै निर्वाचन चिन्ह माग नगरेको आयोगको भनाइ छ। त्यसैले आयोगले दल दर्ता भइसकेका अन्य दलसँग नजोडिने गरी उपयुक्त नयाँ चिन्ह प्रस्ताव गर्न पार्टीलाई निर्देशन दिएको छ।
जनमत पार्टीबाट निर्वाचित भएका प्रदेश सभा सदस्य वा स्थानीय तहका प्रतिनिधिहरू अब नयाँ पार्टीतर्फ सनाखत हुने प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले सबै सम्बन्धित प्रदेश र जिल्ला कार्यालयहरूलाई नयाँ दलमा सनाखतको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
यस्तै आयोगले पार्टी दर्ताको प्रमाणपत्र जनस्वराज पार्टीलाई उपलब्ध गराउने छ भने यससम्बन्धी जानकारी सबै प्रदेशसभा सचिवालय, प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूलाई पठाउने छ ।
दीपक साहको अध्यक्षता २३ सदस्य कार्यसमिति गठन भएको छ । त्यसमा सुरज सिंह र सुरेन्द्रनारायण यादव उपाध्यक्ष रहेका छन् । अरू बाँकी सबै जना सदस्य रहेका छन् ।
पदाधिकारी र सदस्य






प्रतिक्रिया