काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को दुई वटा समूहको कारबाही निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरेको हो ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो । त्यस्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई निष्कासन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले एक अध्यक्षले अर्को अध्यक्षलाई चुनौती दिएर गरेको कारबाही सम्पादन गर्न नमिल्ने बताएका छन् ।
‘एक दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषय अन्र्तगत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अनुसार एनको दफा ५१ बमोजिम अद्यावधिक गर्न कानूनतः मिल्ने देखिएन’, पत्रमा भनिएको छ ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलाई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए ।
अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको जेठ १७ गते बैठकले पार्टी विधान, निर्णय र नीति विपरित कार्य गरेको जनाउँदै अध्यक्ष ठाकुर, सदस्यत्रय राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णसमेत चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरेको दलको दर्ता कितावबाट नाम हटाई अध्यावधि गरिदिन जेठ १८ गते आयोग समक्ष निवेदन दिएको थियो ।
अर्का अध्यक्ष ठाकुरको अध्यक्षतामा जेठ १८ गते बसेको बैठकले समितिमा रहनुभएका यादवले पार्टी विधान, नीति र निर्णय विरित कार्य गरेकाले निजलाई पार्टीको विधानअनुसार अनुशासनसम्वन्धी कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएकाले दर्ता किताबबाट यादवको नाम हटाएर अद्यावधि गर्न सोही दिन पत्र पठाएको थियो ।







प्रतिक्रिया