काठमाण्डु – जनता समाजवादी पार्टी नेपालले भारतीय सीमानाका खोल्न सरकारसँग माग गरेको छ ।
मंगलबार पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै चैत १० गतेदेखि नाका बन्द हुँदा मधेशका जनताले दुःख भोग्नु परेको भन्दै तत्काल नाका खोल्न माग गरेका छन् ।
‘जनताको शिक्षा, कृषि, स्वास्थ्य उपचार, रोजगार, आर्थिक सामाजिक आदि क्षेत्रमा गम्भीर समस्याहरु देखा परिहेका छन् । तसर्थ जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकराले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
जसपाले कोरोना संक्रमणलाई फैलिन नदिन योजनाबद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकहरुकलाई जोखिम भत्ता दिन मा गरेको छ ।





प्रतिक्रिया