काठमाण्डु – जनता समाजवादी पार्टी संसदीय दल लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
बुधबार जसपा संसदीय दलका नेता सन्तोष पाण्डेले एक विज्ञप्ति जारी गर्दै फरक प्रसंगमा लिइएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएको बताएका छन् ।
‘अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसदीय दलको बैठक बसेर एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेकाले कुनै भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै फरक प्रसङ्गमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । त्यसैगरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानाकारी गराउँछु ।’
उनले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत निरन्तर रहेकाले भ्रममा नपर्न विज्ञप्तिमा उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशमा जसपाका ६ प्रदेशसभा सदस्य छन् । उनीहरुमध्ये ४ जना सरकारमा सहभागी भएका छन् ।





प्रतिक्रिया