काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले १२ जना सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएका छन् ।
शुक्रबार अध्यक्ष ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाका १२ जना सांसदलाई कारबाही गरेको पत्र पठाएको स्रोतले जानकारी दियो । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको भन्दै उनीहरुले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरिएको हो ।
जसपा अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपा उपेन्द्र यादव पक्षका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् ।
यादव पक्षका १२ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया