जनगणना कार्यक्रम : ९५ प्रतिशत सफल

जनगणना कार्यक्रम : ९५ प्रतिशत सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कात्तिक २५ गतेदेखि शुरू भएको राष्ट्रिय जनगणना कार्यक्रम आज सकिँदैछ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले हालसम्म कार्यक्रम ९५ प्रतिशत सफल भएको दाबी गरेका छन् ।

विभिन्न प्रायोजनमा हुने गरेका कार्यक्रम र खटिएका अभियान्ताहरूले जनगणना प्रभावित मात्र नभएर विफल नै बनाउने गरी प्रयास गरे पनि गणकहरूले आफ्नो कतव्य र दायित्व पूर्णरूपमा निर्वाह गरेका कारण कार्यक्रम सफल भएको उनको भनाइ छ ।

लम्जुङमा र रूपन्देहीमा अभियान्ताहरूले योजनाबद्ध रूपमै गणक माथि दुर्व्यवहार गरेको विभागको ठहर छ । विभागका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका थिए ।

गणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा सबै गणनाको नतिजा सार्वजनिक गर्ने विभागले जनाएको छ ।