गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित

गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज९४ का सुरेश मुखियाले बताए । उनले भने, ´झगणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।`

जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए। उनले भने, ´छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।`