मन्त्री नपाएपछि कांग्रेस लुम्बिनीका प्रमुख सचेतक तिमिल्सिनाद्वारा पदबाट राजीनामा

मन्त्री नपाएपछि कांग्रेस लुम्बिनीका प्रमुख सचेतक तिमिल्सिनाद्वारा पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान नपाएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएर प्रदेश सभा सचिवालयले उपलब्ध गराएको गाडीसमेत बुझाएर काठमाण्डु आएका छन् ।

९ साउनमा प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा प्रदेश प्रमुखको कार्यालयमा पुगेका तिमिल्सिनालाई अन्तिम समयमा मन्त्री बन्न रोकिएको थियो ।

१८ साउनमा ९ गते मन्त्री बनेकाहरुलाई मन्त्रालय तोक्ने र तिमिल्सिनालाई मन्त्रीको शपथ खुवाउने प्रचार गरेपनि अन्तिम समयमा रोकिएपछि राजीनामा दिएका हुन् । पार्टी संस्थापन समूहका तिमिल्सिनालाई सभापति देउवाले नै रोकेको चर्चा कांग्रेसवृत्तमा छ ।

निकटस्थ स्रोतले प्रदेशमा इतर समूहले भागवण्डा मागेकाले अन्तिम समयमा उनलाइृ रोकिएको थियो ।

अहिले लुम्बिनीमा कांग्रेसबाट ४ मन्त्री बन्दा संस्थापनबाट ३ र इतर समूहबाट १ जना मन्त्री बनेका छन् ।

तिमिल्सिनाले राजीनामा दिए पनि स्वीकृत भइनसकेको नेताहरू बताउँछन् ।