काठमाण्डु – नेपाल प्रहरीको डीआईजीमा बढुवा नहुँदा असन्तुष्ट भएर राजीनामा दिएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुरागकुमार द्विवेदी अब राजनीतिमा सक्रिय हुने भएका छन् ।
उनी मधेशबाट उदाएको दल जनमत पार्टीमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।
पछिल्लोपल्ट १३ जना डीआईजी बढुवा हुँदा आफू नगरेपछि उनले असन्तुष्ट हुँदै राजीनामा दिएका थिए । उनी २०७८ कात्तिकमा एसएसपी बनेका थिए ।
मधेशी भएका कारण विभेद गरेर डीआईजीमा बढुवा नगरेको उनको गुनासो छ । जनमत पार्टीले विभेदविरुद्ध लड्ने भएका कारण आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । राजनीतिमा सक्रिय भएर राज्यले गर्ने विभेदविरुद्ध लड्ने उनले बताए ।




प्रतिक्रिया