जनमत पार्टी सरकारमा रहने वा नरहनेबारे आइतबार टुंगो लाग्ने

जनमत पार्टी सरकारमा रहने वा नरहनेबारे आइतबार टुंगो लाग्ने


काठमाण्डु- जनमत पार्टीले सरकारमा सहभागि हुने वा नहुनेबारे आइतबारसम्म टुंगो लगाउने भएको छ । जनमत पार्टीका सांसद तथा विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका हुन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘भोलिसम्म आश्वासन दिनुभएको छ । भोलि फाइनल निर्णय हुन्छ । बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको उनको भनाइ छ ।