काठमाण्डु- राष्ट्रिय जनमोर्चाले संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । चित्रबहादुर केसी नेतृत्वको सो पार्टीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो ।
प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनले बताए ।




प्रतिक्रिया