जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशङ्का

जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशङ्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन् ।

जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ।