जापानमा कोरोना भाइरस फैलिने चेतावनी

जापानमा कोरोना भाइरस फैलिने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानको राजधानी टोकियोमा अधिकारीहरुले नगरवासीलाई सप्ताहन्तसम्म घरभित्रै बस्नका लागि आग्रह गरेका छन् । उनीहरुले संक्रमण ह्वात्तै बढ्न सक्ने भन्दै यस्तो चेतावनी जारी गरेका हुन् ।

बुधबार जापानमा ४१ नयाँ संक्रमण देखिएको थियो । यद्यपि टोकियोमा अन्य शहरहरुमा जस्तो प्रतिबन्ध भने लागेको छैन ।

गभर्नर युरिको कोइकेले सबैजनालाई कुनै पनि अवस्थामा अत्यावश्यक नभई यो साता घरबाहिर ननिस्कनका लागि अनुरोध गरेकी छन् ।

उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरेकी छन् । जापानमा १,२०० मा संक्रमण भएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ ।