जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानमा कोरोना भाइरसका बिरामी बढेका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का पाँच सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो एक दिनमा जापानमा ५०३ जना नयाँ संक्रमित फेला परेका हुन् । यसमध्ये एक सय ४४ राजधानी सहर टोकियोमा फेला परेका हुन् ।

यससँगै जापानमा समग्र संक्रमितको संख्या पाँच हजार तीन सय नाघिसकेको छ । जापानमा अहिलेसम्म यो भाइरसबाट ९४ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।