एजेन्सी – जापानको अर्थव्यवस्था हालसम्मकै खराब अवस्थामा पुगेको छ । कोरोना भाइरसको महामारीले अधिकांश व्यापार व्यवसाय बन्द अवस्थामा छन् भने मानिसहरूले खर्च गर्न छोडेका छन् ।
जापानको जीडीपी अप्रिल–जूनमा ७.८ प्रतिशतले रेकर्ड भएको छ । यो देशको आधुनिक इतिहासमा अहिले सम्मको सबैभन्दा ठूलो गिरावट हो ।
यस अवस्थाले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका नीति निर्माताहरूलाई दबाब दिएको बीबीसीले जनाएको छ । यस्तो खराब अवस्थाबारे माथि उठाउन जापानका नीतिनिर्मातालाई अर्थतन्त्रलाई अझै डुब्नबाट बचाउन र आर्थिक मन्दीबाट बचाउन दबाब बढेको छ ।
जापानले मेको अन्त्यमा आपतकाल हटाएको छ । र व्यवसायहरु खुला भएका छन् । तर, विज्ञहरूले यस बर्षको अन्त्यमा परिस्थितिमा कति सुधार हुन्छ भन्नेकुरा कोरोना महामारीको अवस्थामा निर्भर हुने बताए ।
जापानका अर्थमन्त्री यासुतोशी निशिमुराले सरकारले अर्थव्यवस्थालाई पछाडि फर्काउन लचिलो र समयमैत्री कदम चाल्ने बताएका छन् ।




प्रतिक्रिया