एजेन्सी – जापानले नयाँ प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा फुमियो किशिदा विजयी भएपछि जापानले नयाँ प्रधानमन्त्री पाउने भएको हो ।
जापानका हालका प्रधानमन्त्री योशिहिदे सुगाले पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरेपछि किशिदालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाली सकेका किशिदा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने भएका हुन् । तर, त्यसका लागि आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने चुनौती उनीसामू छ । एलडीपीको संसदमा स्पष्ट बहुमत छ ।




प्रतिक्रिया