जापानबाट १६ लाख १४ हजार डोज खोप काठमाण्डु आइपुग्यो

जापानबाट १६ लाख १४ हजार डोज खोप काठमाण्डु आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जापान सरकारले अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७४० डोज खोप काठमाण्डु आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजको विमानमार्फन पाँच लाख ५९ हजार डोज खोप ल्याइएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

शनिबार सवा २ लाख डोज खोप र गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाण्डु आइपुगेको थियो । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अस्ट्राजेनेका खोप सहयोग गरेको हो ।