जापानबाट दुई नेपाली निस्कासित

जापानबाट दुई नेपाली निस्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो। जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई बुधबार काठमाडौं ल्याएका हुन्। शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए।

नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन। यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ। जापानी दूतावासले जापानको अध्यागमन कानुन बमोजिम ती दुई नेपालीलाई निष्काशन गर्नुपरेको व्योहोराको पत्र अध्यामगनलाई बुझाएको छ।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।