भाषा र सीप परीक्षणमा ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

भाषा र सीप परीक्षणमा ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले जापान जान पाउने भएका छन् । अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म हुने भनिएको जापानिज भाषा र सीप मूल्यांकन परीक्षाको पूर्णाङ्कको ६० प्रतिशत ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन् ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन् । परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ ।

परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति अब केही समयमै तय हुने वैदेशिक रोजगार महाशाखाले जनाएको छ । कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल भने एक महिनापछि आउनेछ ।