जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब अनुदान सहयोग दिने

जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब अनुदान सहयोग दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापान सरकारले नेपाललाई २.७ अर्ब अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाण्डुस्थित जापानी दूतावासले जनाएको छ ।

उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ । सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ ।