जापानमा शक्तिशाली आँधी, २ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन

जापानमा शक्तिशाली आँधी, २ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानमा आँधीबाट प्रभावित क्षेत्रका दुई लाख मानिसलाई सुरक्षित स्थानमा आदेश जारी भएको छ । हेसेन नामको उक्त ताइफूनले धेरै मानिसहरुलाई प्रभावित पार्ने भन्दै जापान सरकारले दुई लाख मानिसहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको हो ।

उक्त ताइफून आइतबार १६० मिलोमिटर प्रतिघन्टाको गतिले आउने बताइएको छ । यो आँधी आइतबार जापानको क्युशुमामा आइपुग्‍ने र सोमबार दक्षिण कोरिया पुग्‍ने जनाइएको छ ।

आँधीको त्रासका कारण सयौं फ्लाइट र रेल सेवा रद्द गरिएको छ ।  जापानी मौसम पूर्वानुमान विभागले यो टाइफून गम्भीर नभए पनि स्थानीयहरुले अधिक सतर्कता अपनाउन आवश्यक रहेको बीबीसीले जनाएको छ ।