काठमाण्डु – जापानबाट आज थप २ लाख ८ हजार ७ सय डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।
जापानले कोभ्याक्समार्फत उपलब्ध गराउने भनेको १६ लाख डोजमध्येकै दुई लाख ८ हजार ७ सय डोज अस्ट्राजेनेकाको खो काठमाण्डु आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ भने बाँकी खोप ७ गते नेपाल आउने जापानी दूतावासले जनाएको छ ।
१६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो । जापानमाबाट यो खोप अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने सरकारको तयारी छ ।




प्रतिक्रिया