जापानबाट थप दुई लाख ८ हजार डाेज खोप काठमाण्डु आइपुग्यो

जापानबाट थप दुई लाख ८ हजार डाेज खोप काठमाण्डु आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानबाट आज थप २ लाख ८ हजार ७ सय डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

जापानले कोभ्याक्समार्फत उपलब्ध गराउने भनेको १६ लाख डोजमध्येकै दुई लाख ८ हजार ७ सय डोज अस्ट्राजेनेकाको खो काठमाण्डु आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ भने बाँकी खोप ७ गते नेपाल आउने जापानी दूतावासले जनाएको छ ।

१६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो । जापानमाबाट यो खोप अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने सरकारको तयारी छ ।