टोक्यो – जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस रोकथामका लागि केही मुख्य क्षेत्रमा संकटकाल लगाउने प्रस्ताव गरेका छन् ।
कोरोना संक्रमणका घटना बढ्न थालेपछि प्रधानमन्त्री आबेले थप क्षति नहोस् भन्दै यस्तो प्रस्ताव गरेका हुन् । साथै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानले १ ट्रिलियन डलरको राहत प्याकेज पनि घोषणा गरेको छ ।
संकटकालको घोषणा यही मंगलबारदेखि लागु हुने गरी आउने बताइएको छ । पछिल्लो समय जापानमा नयाँ संक्रमितको संख्या बढ्न थालेको छ । ‘हालै हामीले टोक्यो र ओसाका जस्ता सहरमा तिब्र गतिमा संक्रमणका घटना बढ्न थालेको देखेका छौँ,’ आबेले भने ।
यसअघि टोक्योकी गभर्नर युरिको कोइकेले प्रधानमन्त्रीलाई राजधानी टोक्योमा संकटकाल लगाउन सुझाव दिएकी थिइन् ।




प्रतिक्रिया