फेसबुकबाट जरायोको सुकुटी खान निम्ता गर्ने युवक पक्राउ

फेसबुकबाट जरायोको सुकुटी खान निम्ता गर्ने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दाङमा सामाजिक सञ्जाल फेसबुकबाट जरायोको मासु खान निम्तो गर्ने एक जना पक्राउ परेका छन् ।

फेसबुकबाट जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो ।

पुनले आफ्नो फेसबुकमा‘ ‘लकडाउनको सदुपयोग गराँै, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।

उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।