काठमाडौँ महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवाना पत्र

काठमाडौँ महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवाना पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको छ । हिजो भौतिक रूपमा लिन नमानेपछि आज महानगरले जरिवाना पत्र हुलाक र इमेलमार्फत पठाएको हो ।

आइतबार जरिवाना पत्र लिएर पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोली एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि यसै फर्किएको थियो ।दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र लिन मानेको थिएन ।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो ।