सेनाका पूर्व जर्नेल बस्न्यात र पूर्वएआईजी श्रेष्ठ शंकपार्कबाट पक्राउ

सेनाका पूर्व जर्नेल बस्न्यात र पूर्वएआईजी श्रेष्ठ शंकपार्कबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने बाटो खनेको विरोधमा सडकमा उत्रिएका श्रेष्ठ  बस्‍नेतलाई शनिबार दिउँसो  काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो । उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघर लगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडिओ सम्मेलनमार्फत सडकको उद्घाटन गरेका थिए ।