सत्तारुढ गठबन्धनसँग नजिकिँदै जसपा नेपाल, ओली र देउवासँग अध्यक्ष यादवको भेटवार्ता

सत्तारुढ गठबन्धनसँग नजिकिँदै जसपा नेपाल, ओली र देउवासँग अध्यक्ष यादवको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेससँग जनता समाजवादी पार्टी (जसपा) नेपाल नजिकिन थालेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरूसँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।

उच्च स्रोतका अनुसार अध्यक्ष यादवले उपप्रधानमन्त्रीसहित आफैं सरकारमा जान चाहेका छन् । तर उपप्रधानमन्त्री नपाइने अवस्थामा नेता राजकिशोर यादवका लागि उद्योग मन्त्रालय माग गरेका छन् । नेताहरूबीच जसपा नेपाललाई सरकारमा सहभागी गराउने विषयमा समेत छलफल भएको बताइएको छ ।