जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

असार ७–८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार भ्रष्टाचार, आर्थिक र संविधान संशोधन जस्ता प्रमुख मुद्दामा असफल भएको निष्कर्ष निकाल्दै सरकारलाई दिइएको समर्थन पुनर्विचार गरी फिर्ता लिने निणर्य गरेको थियो ।