सर्वाेच्चको परमादेशको तरङ्ग : जसपा नेपालद्वारा जनकपुरमा सडक अवरुद्ध

सर्वाेच्चको परमादेशको तरङ्ग : जसपा नेपालद्वारा जनकपुरमा सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरूले जनकपुरधाममा क्रमश: चौथो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका सडक अवरुद्ध गरेको छ ।

बिहीबार जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले ओली सरकार मुर्दावाद, झूटा मुद्दा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।

जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको उनीहरूको आरोप छ ।

सरकारले उपेन्द्र यादव विरुद्धको मुद्दा फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी समेत दिएका छन् ।

गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो ।

२०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।