काठमाण्डु– जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।
एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।
एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ ।यो मिलनसँगै जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राई एक्लिएका छन् ।




प्रतिक्रिया