एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनलगायतका विषयमा एमालेसँग वार्ता गर्न २ सदस्यीय वार्ता समिति गठन गरेका हुन् ।

वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । जसपा संसदीय दलको बैठकमा उनले कार्यदल गठन गर्ने सहमति भएको र आफूले शुक्ल र कर्णलाई तोकेको जानकारी दिएका हुन् ।

त्यस्तै नेकपा एमालेले पनि दुई सदस्यीय वार्ता समिति गठन गरेको छ । एमालेले बनाएको वार्ता टोलीमा नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।