काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।
बुधबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्ने जिम्मा तीन जना नेतालाई दिएको हो ।
मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । अहिले उनीहरुबीच बैठक चलिरहेको नेताहरुले बताएका छन् ।
जसपामा आकांक्षी धेरै भएपछि मन्त्रीको नाम टुंगो लगाउन समस्या भएको हो । जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले चार मन्त्री र एक जना राज्यमन्त्रीको कोटा पाएको छ ।




प्रतिक्रिया