काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको जसपाका प्रचार प्रसार समितिका प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
आजको बैठकमा पार्टीको भावी रणनिति, पार्टीले चलाएको सुज अभियान र समसामयिक बिषयमा छलफल हुने खतिवडाले जानकारी दिए । त्यस्तै आजको बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा समेत छलफल हुनेछ । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीको विरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ ।
सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो । कात्तिक ११ गते सोधिएको स्पष्टीकरणबारे यादवले जवाफ दिइसकेका छन् । यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेको जनाइएको छ । पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।




प्रतिक्रिया