जसपाको केन्द्रीय समिति बैठक जारी, यस्ता छन् एजेण्डा

जसपाको केन्द्रीय समिति बैठक जारी, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले बताए ।

सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचन लगायतका एजेण्डामा छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।