छुट्टाछुट्टै बैठकबाट जसपा नेताले गरे ‘कित्ताकाट’, बाबुराम र उपेन्द्रको पक्षमा को-को खुले ?

छुट्टाछुट्टै बैठकबाट जसपा नेताले गरे ‘कित्ताकाट’, बाबुराम र उपेन्द्रको पक्षमा को-को खुले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाण्डु र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाण्डुमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् ।

भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने उपेन्द्रले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् । दुबैको बैठक जारी छ ।