काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनलाई आगामी संघीय र प्रदेश निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको जसपाले निष्कर्ष निकालेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए ।
स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको उनले बताए । ‘आगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।




प्रतिक्रिया