काठमाण्डु – सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले १३ सिट पाउने भएको छ । बुधबार अबेर रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले १३ सिट पाउने करिब सहमति भएको हो ।
सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाण्डु ७, बाँके र सप्तरी २ पाउने भएको छ ।
जसपाले धनुषा ३ र महोत्तरी ३ मा पनि दाबी गरेको छ । तर, त्यहाँ कांग्रेसको पनि दावी रहेकाले सहमति हुन सकेको छैन । यस्तै रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी रहेकाले सहमती हुन नसकेको हो ।
यता नेपाली कांग्रेसले ८३ सिट पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ३६ पिसट लिने भएको छ ।त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले १४ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट बागलुङ १ र प्युठान पाउने सहमति भएको एक नेताले बताए ।




प्रतिक्रिया