सिट बाँडफाट : जसपाले १३ सिट पाउने सहमति, यी हुन् निर्वाचन क्षेत्र

सिट बाँडफाट : जसपाले १३ सिट पाउने सहमति, यी हुन् निर्वाचन क्षेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले १३ सिट पाउने भएको छ । बुधबार अबेर रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले १३ सिट पाउने करिब सहमति भएको हो ।

सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाण्डु ७, बाँके र सप्तरी २ पाउने भएको छ ।

जसपाले धनुषा ३ र महोत्तरी ३ मा पनि दाबी गरेको छ । तर, त्यहाँ कांग्रेसको पनि दावी रहेकाले सहमति हुन सकेको छैन । यस्तै रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी रहेकाले सहमती हुन नसकेको हो ।

यता नेपाली कांग्रेसले ८३ सिट पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ३६ पिसट लिने भएको छ ।त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले १४ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट बागलुङ १ र प्युठान पाउने सहमति भएको एक नेताले बताए ।