जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी, कसले मार्ला बाजी ?

जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी, कसले मार्ला बाजी ?


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।

जसअनुसार जसपाको मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । राउत र यादवको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिएका छन् ।

जसपाका १६ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेता विजयी हुने चााही मधेश प्रदेशको मुख्यमन्त्री बन्ने जनाइएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति भएको छ । जसअनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।