जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको जनाकारी आफुले पाएको बताए ।
सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाले उक्त निर्णय गरेको थाहा पाएको बताएका हुन् ।

त्यस्तै उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताएका छन् । प्रचण्डले मंगलबार विश्वासको मत लिने छन् ।