मन्त्री बनेका सांसदलाई जसपाले सोध्यो २४ घण्टे स्पष्टिकरण

मन्त्री बनेका सांसदलाई जसपाले सोध्यो २४ घण्टे स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले आफ्ना चार जना प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको छ ।

जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्री बनेर शपथ ग्रहण गरेपछि स्पष्टीकरण सोधेको हो ।

जसपाका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरो जानकारी गराइन्छ ।’ विज्ञप्तिमा चित्तबुझ्दो जवाफ नआए सांसद पद नरहने गरी कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध हस्ताक्षर गरेर उनकै मन्त्रिपरिषद्मा जान सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिए। रायमाझी भने राज्यमन्त्री बनेका छन् ।