अवैधानिक निवेदनका आधारमा दल विभाजन हुँदैन : जसपा

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुँदैन : जसपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने धारणा सार्वजनिक गरेको छ ।

पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमबार विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्य पार्टीप्रति प्रतिबद्ध रहेकाले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोगमा गई अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था छैन ।’

यसअघि आईतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय सदस्यहरू निर्वाचन आयोगमा उपस्थित भएर नयाँ दल दर्ताका लागि निवेदन दिएर विभाजनको प्रक्रिया थालेका छन् ।