आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनमा रहने जसपा नेपालको निर्णय


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ ।

मंगलवार बसेको जसपा नेपालको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल कांग्रेससँग मिलेर सरकार ढाल्ने खेलमा लागेको चर्चा चलेको थियो । उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी नै विभाजन भएको थियाे । पार्टी विभाजन गर्नेहरुले उपेन्द्रले हालको सत्ता गठबन्धन फुटाउन लागेकाले आफूहरु अलग्गिएको दावी गरेका छन् ।

पार्टी विभाजनपछि पहिलो पटक मंगलवार बालुवाटार पुगेका यादवले आफ्नो पार्टी हालको गठबन्धनको पक्षमा रहेको बताउदैँ हल्लाको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement